काठमाडौं। सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारमा तयारी चाउचाउ सार्वजनिक गरेको छ।
मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले तयारी चाउचाउको बजारमा प्रवेश गर्दै आफ्नो उत्पादन विस्तार गरेको हो।
नयाँ चाउचाउको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका विभिन्न शाखामा विशेष स्टल सञ्चालन गरिएको कम्पनीले जनाएको छ। बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरस्थित भाटभटेनीमा उपभोक्ताले सेन्चुरी चाउचाउ पाउने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार उत्पादनमा गुणस्तर, स्वाद र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राखिएको छ। बजारमा प्रतिस्पर्धा बढिरहेका बेला उपभोक्ताको बदलिँदो रुचि र मागलाई ध्यानमा राख्दै नयाँ उत्पादन बजारमा ल्याइएको हो।
सेन्चुरी ग्रुप लामो समयदेखि नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएको व्यवसायिक समूह हो। चाउचाउसँगै खाद्य तथा स्न्याक्स उत्पादनमा आफ्नो बजार विस्तार गर्ने रणनीति कम्पनीले अघि सारेको जनाएको छ।



















प्रतिक्रिया