Logo

बैंकिङ

एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्य, लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु



काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज ९एससीटी० सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’का रूपमा आबद्ध हुने सम्झौता गरेको छ।

त्रिपक्षीय सम्झौतासँगै बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन्।

सम्झौताअनुसार ग्राहकले सामान खरिदका लागि तत्कालै ‘इन्स्ट्यान्ट पर्चेज क्रेडिट’ अर्थात् लुप क्रेडिट सुविधा लिन सक्नेछन्। यस सुविधाले ग्राहकलाई आवश्यक वस्तु खरिद गर्न सहज बनाउनुका साथै भुक्तानी व्यवस्थापनमा पनि सहयोग पुग्ने बैंकले जनाएको छ।

त्यस्तै, ग्राहकले एनएमबी बैंकको डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई पनि मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्। ‘लुप ईएमआई’ नाम दिइएको यो सुविधामार्फत ग्राहकले एकैपटक पूरा रकम भुक्तानी गर्नुपर्ने बाध्यता कम गर्दै सहज रूपमा किस्ता तिर्न सक्नेछन्।

लुप नेटवर्कमा आबद्ध विभिन्न व्यापारिक प्रतिष्ठानबाट उपलब्ध हुने यस सुविधाले ग्राहकको वित्तीय पहुँच विस्तार गर्नुका साथै खरिद प्रक्रियालाई सरल र सहज बनाउने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार २१:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।