Logo

अर्थ

सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकु गाडी खरिद गर्दा विशेष छुट



काठमाडौं । एसपिजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अवसरमा ग्राहकलाई विशेष छुट प्रदान गर्ने गरी समझदारी बनेको छ ।

साझेदारीअन्तर्गत यस बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्ने भएको हो ।

साथै, बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुटसमेत प्राप्त गर्ने बताइएको छ ।

एनपिएल सिजन–३ अवधिभर लागू हुने यो योजना देशभरका आधिकारिक ओमोडा एन्ड जेइकु डिलरसिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ । यसले देशभरका ग्राहकलाई उक्त विशेष लाभ सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा दुवै पक्षको छ ।

यस साझेदारीले ओमोडा एन्ड जेइकुका सवारीसाधन खरिद तथा स्वामित्व अनुभवलाई थप लाभदायी बनाउने अपेक्षा गरिएको छ । साथै, सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ उपलब्ध हुने भएकाले ग्राहकले एनपिएल सिजन–३ अवधिभर यस योजनाबाट लाभ लिन सक्नेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ११:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।