Logo

अर्थ

चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको कडा निर्देशन, बैंकहरूमा २४ सै घण्टा सम्पर्क व्यक्ति तोक्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाको समयमा हुनसक्ने साइबर फ्रड तथा स्क्याम (विद्युतीय ठगी) नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले साइबर ठगीसम्बन्धी घटनामा तत्काल समन्वय गर्न जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ । उक्त व्यक्तिको नाम, पद र मोबाइल नम्बरका साथै चौबीसै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्नेछ।

उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

आपतकालीन अवस्थामा खटिने यी सम्पर्क व्यक्ति र संयन्त्रमार्फत साइबर ठगीका घटना हुनासाथ समयमै कारोबारको विवरण उपलब्ध हुने, शंकास्पद वालेट तथा कारोबार पहिचान गरी तत्काल रोक्का (फ्रिज) गर्न सकिने र प्रहरीको अनुसन्धान प्रक्रियालाई छिटो–छरितो बनाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १३:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।