Logo

अर्थ

मुक्तिनाथ विकास बैंक तीन विधामा सम्मानित



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड तीन विधामा सम्मानित भएको छ । बैंकले फोनपेद्वारा आयोजित फोनपे अनर्स कार्यक्रममा विकास बैंक समूहअन्तर्गत बैंक ‘हाइएस्ट फोनपे डिरेक्ट भोलुम इस्युअर’, ‘हाइएस्ट फोनपे क्युआर भोलुम इस्युअर’ र हाइएस्ट फोनपे क्युआर अक्वारर’ विधामा अवार्ड प्राप्त गरेको हो ।

बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकमान्तर, सबैभन्दा धेरै क्युआरमा भुक्तानी तथा क्युआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेका आधारमा बैंकलाई यी अवार्ड दिइएको हो ।

डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार १३:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।