काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड तीन विधामा सम्मानित भएको छ । बैंकले फोनपेद्वारा आयोजित फोनपे अनर्स कार्यक्रममा विकास बैंक समूहअन्तर्गत बैंक ‘हाइएस्ट फोनपे डिरेक्ट भोलुम इस्युअर’, ‘हाइएस्ट फोनपे क्युआर भोलुम इस्युअर’ र हाइएस्ट फोनपे क्युआर अक्वारर’ विधामा अवार्ड प्राप्त गरेको हो ।
बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकमान्तर, सबैभन्दा धेरै क्युआरमा भुक्तानी तथा क्युआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेका आधारमा बैंकलाई यी अवार्ड दिइएको हो ।
डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ ।




















प्रतिक्रिया