Logo

अर्थ

स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीको सिक्का मात्रै बिक्री हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । बिक्रीका लागि तयार गरिएको स्टक सकिएपछि केन्द्रीय बैंकले आज सुनका असर्फी नबेच्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलकाअनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको उत्पादन सीमित भएकाले पहिलो दिनमै स्टक सकिएको हो।

बिहीबार केन्द्रीय बैंकले एक व्यत्तिलाई एक असर्फी र २ मेडालियनसम्म बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीका मेडालियन १० ग्राम तौलका छन् ।

सुनको असर्फीको मूल्य ६५ हजार ४ सय र चाँदीका मेडालियनको ३ हजार ८ सय रुफैयाँमा बिक्री गरेको थियो । शुत्रबार भने चाँदीका मेडालियन मात्र बिक्री गर्ने भएकाले केन्द्रीय बैंकले एक मेडालियनको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरेको छ ।

राष्ट्र बैंकले हरेक वर्ष धनतेरसको अवसर पारेर सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १३:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।