Logo

धर्म / संस्कृति

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासका साथ छठपर्व सम्पन्न



सिरहा । आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन् ।

चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको समापनसँगै छठघाटहरूमा भक्तिमय वातावरण छाएको थियो। यस पर्वले आपसी सद्भाव, सामाजिक एकता, पारिवारिक प्रेम तथा धार्मिक सहिष्णुताको सन्देशसमेत दिएको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा तथा अर्घ अर्पण गरिने छठ पर्व तराई–मधेसको मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा स्थापित छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।