Logo

धर्म / संस्कृति

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा



जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् ।

जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् ।

सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए । सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न शुभकामना दिए । सभापति लामिछानेले उक्त पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिए ।

यता, सांसद सिंहले आजबाट सुरु गरेको पदयात्रा पहिलो चरणको मात्र भएको बताए ।

उनले माघ एक गत्ते यो पदयात्रा समाप्त हुने र त्यसपछि दोस्रो चरणमा आगामि बैसाखमा मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्ने जानकारी गराए । उनले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताए । सांसद सिंहले यस पदयात्रामा हरेक जातजाती, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसंगको अपेक्षा एवम गुनासो सुन्ने बताए । उनले जनताले भनेको सम्पूर्ण कुरा उल्लेख गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाए ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १२:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।