काठमाडौं । नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ ।
आन्तरिक राजस्व विभागले कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा विभिन्न व्यवसाय तथा पसलबाट खरिद गरी प्राप्त गरेका कर बीजकका आधारमा उपभोक्तालाई प्रदान गरिने पुरस्कार विजेताको विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रमअन्तर्गत विभिन्न उपभोक्ताले १०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्मका दैनिक पुरस्कार प्राप्त गरेका छन् ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी १ लाख रुपैयाँको पुरस्कार न्यू महालक्ष्मी ज्वलर्सबाट जारी भएको कर बीजकका आधारमा विजेताले प्राप्त गरेका छन् । यसैगरी, पुरस्कार जुगल तरकारी तथा फलफूल आपूर्तिकर्ताबाट जारी भएको कर बीजकका आधारमा १२ हजार ५०० रुपैयाँको पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।
त्यस्तै, रोशिका कृषि तथा पशुपन्छी फार्मबाट जारी बीजकका आधारमा २ हजार रुपैयाँ, बी ड्रिम सङ्कलनबाट ३ हजार ५५० रुपैयाँ, सूरज वाइन पसलबाट ३ हजार ४०० रुपैयाँ तथा सोल किराना पसलबाट १ हजार ३४० रुपैयाँ पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।
त्यसैगरी, मेगा मार्ट प्रालिबाट १ हजार १५५ रुपैयाँ, नारायणी हस्पिटालिटी एन्ड फुड प्रालिबाट १ हजार ११० रुपैयाँ तथा अन्य विभिन्न पसल, होटल र रेस्टुरेन्टबाट जारी बीजकका आधारमा उपभोक्ताले पुरस्कार प्राप्त गरेका छन् ।
सरकारले कर बीजक लिने बानीको विकास गर्दै कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





















प्रतिक्रिया