नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार पुन घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



















प्रतिक्रिया