ललितपुर । झट्ट हेर्दा कुनै मेला लागेको जस्तै देखिने ललितपुरको लगनखेल र मंगलबजारमा हरेक दिन किनमेल गर्नेहरुको भीड लाग्ने गर्छ । सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, तरकारी तथा फलफूललगायत दैनिक उपभोग्य वस्तु पाइने भएकाले यो बजार धेरैको रोजाइमा पर्ने गरेको छ ।
आफूलाई मन परेको सामान सस्तो मूल्यमा खोज्दै आउने ग्राहकले बजार भरिभराउ हुने गरेको छ । भीडका कारण बजारमा आवतजावत गर्नसमेत मुस्किल हुने गरेको छ । थोरै पैसामा धेरै सामान किनमेल गर्न पाइने लगनखेल बजार ग्राहकको आकर्षणको केन्द्र बनेको छ ।




















प्रतिक्रिया