काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स रकम हो ।
यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३र८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७।२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५।४ प्रतिशत बढेको थियो ।
गत भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको असोजमा भने २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । यस वर्षको असोजमा मात्रै गत वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको देखिन्छ ।
चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६।७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९।२ प्रतिशत बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्स्फर० ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो ।
चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमशस् १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।




















प्रतिक्रिया