Logo

मनोरञ्जन

पुस्कल शर्माले गाए मन्त्री रबिन्द्रको सम्झनामा ‘कालोदिन’



ताप्लेजुङस्थित पाथीभरा दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा गाएक पुस्कल शर्माले ‘कालो दिन’ बजारमा ल्याएका छन् । उनले आईबार उक्त गित बजारमा ल्याएका हुन् ।

उक्त गीतले अहिले बजारमा चर्चा सहित साथै युट्युवमा पनि ट्रेडिङमा आएको छ । यहि फागुन १५ गते नेकपा नेता समेत रहेका रविन्द्र अधिकारी सहित सात जना हेलिकप्टर सवारको दुर्घटना स्थलमै मृत्यु भएको हो । जसमा मन्त्री अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी लगायतले ज्यान गुमाएका थिए ।

यहि विषयमा गित मार्फत श्रद्धाञ्जली दिदै गाएक शर्माले रविन्द्रपनि भगवान ईन्द्र जस्तै राम्रो ब्यक्ति रहेको बताएका छन् । यस्तै उनले उनको मृत्यु, मृत्यु नै हो या कसैको जालझेल हो भन्दै गित मार्फत प्रश्न समेत गरेका छन् । उक्त गितमा गाएक पुस्कल शर्माको आफ्नै लय, शब्द, स्वर रहेको छ भने चर्चित सम्पदक दिपक विष्टले सम्पादन गरेका छन् । यस्तै भिडियोलाई सुरेस श्रेष्ठले खिचेका हुन् । पुस्कल शर्मा युट्युव च्यालन मार्फत बजारमा ल्याईएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ०८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।