काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।





















प्रतिक्रिया