Logo

बैंकिङ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका सवारीसाधनलाई कुमारी बैंकको एन–ट्याग सुविधा



काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । एन–ट्याग (N–Tag) एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।
अर्थत,एन–ट्यागको स्टिकर सवारिमा टासेपछि एन–ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन–ट्याग प्राप्त गर्न सक्नेछन् । साथै, एन–ट्याग सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन एन–ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै एन–ट्याग जडान गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार १४:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।