Logo

साहित्य

सुरभि प्रतिष्ठानले पाँच स्रष्टालाई पुरस्कृत गर्ने घोषणा



सुरभि साहित्य प्रतिष्ठानले स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएका पाँच पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको स्थापना दिवसका सन्दर्भमा माघको तेस्रो शनिबार प्रदान गरिने विसं २०७६ का पुरस्कारका लागि स्रष्टा छनोट गरिएको छ ।

सोअनुसार सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारीलाई र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिने छ । ती दुवै पुरस्कारको राशि रु २०–२० हजार रहने अध्यक्ष बाजुराम पौडेलले जानकारी दिए । रु १० हजार राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र रु सात हजार राशिको सुरभि–प्रह्लाद नारी स्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’ लाई प्रदान गरिने छ । त्यस्तै रु पाँच हजार राशिको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार वर्षा खड्कालाई प्रदान गरिने जनाइएको छ ।

प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.८ बेंसीगाउँमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार