Logo

कर्पोरेट फोकस

राष्ट्रिय सहमतिमा एमसिसि पास गराउन भवानी राणाको आग्रह



नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय सहमति जुटाएर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नुपर्ने बताएकी छिन् । राणाले महासंघको ५४औं बार्षिक साधारसभा उदघाटनका क्रममा आज सर्वसहमतमा एमसीसी पास गर्न गर्न सरकारसँग आग्रह गरेकी हुन् । 
राणाले विद्युत प्रसारणलाई प्रभावकारी बनाई निर्यातका लागि एमसीसी परियोजना सहयोगी हुने भन्दै यसलाई पास गर्ने कुरामा महासंघ सहयोगी हुने बताईन । 

राणाले कोभिडको कारण दैनिक जनजीवनमा संकट आउन नदिन महासंघले महत्वपूर्ण भूमिका खेलेको बईन् । उनले भनिन् ‘कोभिड १९ को प्रतिकुल अवस्थामा पनि महासंघले मुलुकको अर्थतन्त्रको ब्लड सर्कुलेशन गराउन बलियो धमनीको रुपमा काम गरिरहेको छ ।’ आपूर्ति व्यवस्था सहज बनाउन जोखिम मोलेर पनि उद्योगहरु निर्वाध सञ्चालन गर्न महासंघले आव्हानका उद्योगी र कामदारहरुले काम गरिरहेको उनको भनाई छ । 

‘कोभिड १९ ले मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कठिन अवस्थामा पुर्याएको बताउँदै अध्यक्ष राणाले धेरै ठूला अर्थतन्त्र ऋणात्मक भएको, अनौपचारिक क्षेत्रका दुई अर्बमध्ये एक अर्ब ६० करोड मानिसहरुको अवस्था गम्भीर बनेको छ । ’ उनले भनिन् ।

उनले नेपालमा पर्यटनसहितका क्षेत्रहरु नराम्रोसँग प्रभावित र ३१ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएको उनको दाबी  छ । उनले व्यावसायीलाई  ऋण तिर्न, बिद्युत महशुल तिर्न, कर तिर्न धेरै कठिन अवस्था सिर्जना भएको र यो समस्यामा गुज्रिरहेका व्यावसायीहरुलाई सकारले हेरीदिन समेत आग्रह गरिन् । 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  २ : ५६ बजे