Logo

प्रमुख समाचार

काङ्ग्रेस इतिहासकै गम्भीर मोडमा : नविन्द्रराज जोशी



नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले काङ्ग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले सबैको भावनाको सम्मान ,सबैलाई समेटेरजानुको विकल्प नरहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बताएका हुन् ।फरक प्रसङ्गमा उनले सिके राउतसँगको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता विपरित भएको टिप्पणी गरे ।उनले सिके राउत सरकारको देखाउने पात्र मात्रै भएको ठोकुवा गरे र जनमत सङ्ग्रहको कुरा राष्ट्रिय एकता विपरीत भएको बताएका छन् ।

पर्सा सभापति अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका अगुवा नेता कार्कर्ताको उपस्थिति रहेको थियो ।जोशीको जिल्ला २ नं प्रदेशको भ्रमणले राष्ट्रिय एकतामा बल र कार्यकर्तामा उत्साह थपेको मिथिलेस मिश्र बताउँछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।