Logo

प्रमुख समाचार

विप्लव नेतृत्वको नेकपालाई झट्का : जनसत्ता प्रमुखद्वारा पार्टी परित्यागको घोषणा



सरकारद्वारा राजनीतिक प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ओखलढुंगा जनसरकार प्रमुख तथा किरात सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेका छन् ।

ओखलढुंगा सदरमुकाममा बिहीबार पत्रकार सम्मेलन गरी खत्रीले विप्लव समूह त्यागेको घोषणा गरेका हुन् । खत्रीले आफूले पार्टीका सबै जिम्मेवारी परित्याग गरेको र स्वतन्त्र नागरिकका हैसियतमा मानव अधिकारकर्मीका रुपमा सक्रिय हुने घोषणा गरे ।

‘पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दुछु’, खत्रीले भने, ‘बाँकी समय मानवअधिकारकर्मीका रुपमा उत्पीडित समुदायका हतहितमा सक्रिय हुनेछु ।’

खत्रीले चन्द समूहको एकीकृत क्रान्तिको नारा अस्पष्ट रहेको र उक्त बाटो गलत रहेको बताए । उनले विप्लवलाई बहुदलीय प्रतिस्र्धात्मक राजनीतिको बाटोमा आउनसमेत सुझाव दिए । ‘तपाईंको कार्यदिशा असपष्ट छ’, उनले भने, ‘बहुदलीय संसदीय पद्धतिमा आउनुको विकल्प छैन ।’ यद्यपि खत्रीले आफू स्थानीय तहको निर्वाचनका बेलादेखि नै निस्क्रिय रहे पनि धेरैलाई अझैसम्म भ्रम रहेकाले स्पष्ट गर्न पत्रकार सम्मेलन गरेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०१:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।