Logo

समाचार

भेनेजुएलाको सर्वोच्च अदालतले ६ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनायो



भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ ।

सर्वाेच्च अदालतले बिहीबार सो सजाय सुनाएको अधिकारीले जनाएका छन् । उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो ।

ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ०२ बजे