Logo

अन्तर्राष्ट्रिय

नेताको प्रतिवद्धता : चुनाव जिते घरघरमा १० लिटर रक्सी सित्तैमा !



भारतमा हुन लागेको लोकसभाको चुनावले यति बेला विश्वको ध्यान खिचेको छ । विश्वको ठूलो लोकतान्तिक मुलुक यतिबेला चुनावमय भएको छ । देशमा चुनाव आउने भन्ने बितिकै जनतामा विभिन्न आंश्वासन बाड्ने प्रचलन पनि छ ।

त्यही आकर्षण देखाउने क्रममा भारतको तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा पुर्‍याइदिने प्रतिबद्धता जनतामाझ जाहेर गरेका छन् ।

स्वतन्त्र उम्मेदवार बनेका शेख दाउदले सो घोषणा गरेका हुन् । उनले आफुलाई चुनावमा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्‍याइदिने बताएपछि यो कुराले चर्चा पाएको हो ।

घोषणापत्रमा अन्य १५ बुँदा पनि छन् । त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलालाई भारु २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार  ३ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।