Logo

पोल नहुँदा गाउँपालिका केन्द्रमै बत्ती बाल्न ‘हरियो रूख’बाट तानियो बिजुलीको तार



 गाउँपालिका केन्द्रमा बत्ति बाल्न हरियो सल्लाको रूखबाट बिजुलीकोे तार तानिएको छ । याङगारमा रहेको पावर हाउसबाट लाईन तान्नका लागि पोल नहुँदा हरियो सल्लाको रुखबाटै तार तानिएको हो ।

नाम्खा गाउँपालिका वडानं ४ याल्वाङ्गमा रहेको गाउँपालिका केन्द्रमा बत्ती बाल्न सल्लाको हरियो रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको छ । ३४  किलोवाट उत्पादन गर्दै आएकाे याङगार खोला लघुजलविद्युत वितरण केन्द्रले याङगार गाउँबाट ल्याएको मेन तारलाई हरियो सल्लाको रुखमा टाँगिएको छ ।

याङगार खोला लघुजल विद्युत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिका, बैंक, गुम्बा लगायतका स्थानीयको घरमा बत्ती बाल्नका लागि पोल नभएपछि रुखकै सहायता लिएर पनि बिजुली तार टाँगेकाे र गाउँपालिका केन्द्रमा बीत्त बालेको नाम्खा ४ याङगारका नाक्पा नुर्बु लामाले बताए ।

पोलविहीन हरियो रुखबाट बिजुली विस्तार गरेकाले रुखको आसपास जाने मानिस तथा पशुपंक्षीलाइ समेत खतरा हुनसक्ने देखिन्छ । यसका कारण भोलि कुनै दुर्घटना भएमा कसले जिम्मा लिने ? पालिका केन्द्रमै यस्तो अवस्था हुँदा समेत नाम्खा गाउँपालिकाका साथै सरोकारवाला निकाय मुखदर्शक भएर बसेका छन् । यसमा सबै निकायको समयमै ध्यान जानु जरुरी छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ९ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।