Logo

ला लिगा: भ्यालेन्सियामाथि एट्लेटिको म्याड्रिडको जित



स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले आफ्नो अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को  जित दर्ता गरेकोछ  ।

निर्धारित ९० मिनेटको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको एक मात्र गोल नै एट्लेटिकोको जितमा निर्णायक रह्यो ।

जितपछि एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । सोसिडाडले एक खेल बढी खेलेको छ । भ्यालेन्सिया १२ अंक जोडेर ११औं स्थानमा छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।