स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले आफ्नो अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को जित दर्ता गरेकोछ ।
निर्धारित ९० मिनेटको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको एक मात्र गोल नै एट्लेटिकोको जितमा निर्णायक रह्यो ।
जितपछि एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । सोसिडाडले एक खेल बढी खेलेको छ । भ्यालेन्सिया १२ अंक जोडेर ११औं स्थानमा छ ।





















प्रतिक्रिया