Logo

प्रदेश २

एक दिने आँखा शिविरमा ३०० भन्दा बढीको उपचार



सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा ३०० भन्दा बढीको उपचार गरिएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा शहीद प्रभुनारायण स्मृति ट्रष्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरेको हो हो । शिविरमा ३१५ आँखा रोगीको परीक्षण गरिएको ट्रष्टका सचिव भगवानलाल यादवले जानकारी दिए । आँखा शिविरमा परीक्षण गरिएकामध्ये १६५ जनामा मोतिविन्दु फेला परेको सचिव यादवले बताए । मोतिविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको ट्रष्टले जनाएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : १२ बजे