प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद डा. डिला संग्रौलाले केपि ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिडेको बताएकी छन ।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय सांसद समेत रहेकी नेपाली काँग्रेसकी नेतृ संग्रौलाले सरकारले संस्थागत रुपमै भ्रष्टाचारमा सक्रिय रहेको, प्रधानमन्त्रीलाई असिमित अधिकार प्रदान गरेर मलुकमा अभिनायकवाद तर्फ ल्याउने अभियान थालिएको बताईन ।
जनताले बर्तमान सरकारलाई दुई तिहाई मत दिएपनि मत अनुसारको कुनै पनि राम्रो काम गर्न नसकेको नेपाली नेतृ संग्रौलाले बताईन । वर्तमान सरकारले प्रतिपक्ष दलको नेता सहभागिता विना संबैधानिक आयोगमा सिफारिस र नियुक्ती गर्नु संविधानको ठाडो उल्ङघन गरेको नेतृ संग्रौलाको आरोप छ ।
वर्तमान प्रधानमन्त्रीले नक्कली राष्ट्रवाद ओढेर जनतालाई भ्रममा राखेको , सिके राउत संग भएको सम्झौता राष्ट्रघाती भएकोले राष्ट्रियता रक्षाको लागि नेपाली काँग्रेसले देशव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्दै आएको उनले बताईन ।
वर्तमान सरकारले संघीयतालाई कमजोर बनाउदै मुलुकलाई अधिनायकवादको बन्दी बनाउने गरी काम गर्दै आएकोले नेपाली काँग्रेसले कुनै पनि हालतमा संघीयतालाई कमजोर बनाउन नदिने गरी जनचेतना कार्यक्रम गर्दै आएको नेतृ संग्रौलाले बताईन ।
पार्टी भित्र महिलालाई नेतृत्व तहमा ल्याउन जिल्ला जिल्लामा ५ वटा स को रुपमा जागरणको अभियाना सञ्चालन गर्दै आएको नेतृ संग्रौलाले बताईन ।
सदन, सडक, संघठनमा काग्रेसको सक्रियता बढाउन, विधि निति नियम विपरित भएका कामहरुको विरुद्ध सत्याग्रह र पार्टी भित्र सहमति, सहकार्य र एकताको नारा लिएर अभियानमा हिडेको नेतृ संग्रौलाले बताईन । शाखा सभापति भरत शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मन गहिरे र सञ्चालन सचिव रामचन्द्र रायमाझीले गरेका थिए ।




















प्रतिक्रिया