एनआई सी एशिया बैंक लिमिटेड रनेपालक्यान्सर हस्पिटल, हरिसिद्घबिच बैंककाकर्मचारी, कर्मचारीकापरिवार, बैंककोडेबिट तथाक्रेडिट कार्डवाहकतथा बैंकका सम्पुर्णग्राहकवर्गहरुलाई नेपालक्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदानगर्नेगरि सम्झौताभएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाप्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपालक्यान्सर हस्पिटलका कार्यकारी अध्यक्षडा सुदिपश्रेष्ठले हस्ताक्षर गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
करिब १५ लाखग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमाप्रमुखवित्तीय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।




















प्रतिक्रिया