लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ।
कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९९ बिन्दुले बढेर २६५.५६ बिन्दुमा पुगेको छ। कूल १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता शेयर ७५ करोड १२ लाख हजार ७६४ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका कूल दश उपसमूहमध्ये चार उपसमूहको शेयर भने घटेको छ। यस्तै छ उपसमूहको शेयर भने बढेको छ।
स्टकका अनुसार जलविद्युत् ६.१४, वित्त ३.९७, निर्जीवन बीमा १३.३२ र जीवन बीमा २५.०१ बिन्दुले घटेको छ। यस्तै बैंकिङ २५.३५, होटल १६.३६, विकास बैंक ०.७२, उत्पादन १०.५७, अन्य १.१९ र लघुवित्त १२ बिन्दुले बढेको छ। आज कुमारी बैंकको सबैभन्दा बढी कारोवार भएको छ। सो बैंकको आठ करोड ५८ लाख दुई हजार ५३० रुपैयाँ, प्रभु बैंकको चार करोड ४७ लाख सात हजार २३९ रुपैयाँ, नेपाल बैंक लिमिटेड चार करोड २० लाख ६४ हजार ३१३ रुपैयाँ, एनएमबी बैंकको तीन करोड ६१ लाख ३२ हजार १६७ रुपैयाँ, छिमेक लघुवित्त विकास बैंक दुई करोड ९९ लाख २१ हजार ६४३ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार आज नेपाल एसबी आई बैंकका शेयरधनीले ६.६५ प्रतिशतले कमाए। यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ५.३०, लक्ष्मी बैंक ५.०५, नबिल बैंक ४.७९, ग्रन डेभलपमेन्ट बैंकका शेयरधनीले ४.७२ प्रतिशतले कमाए । त्यस्तै माउण्टेन हाइड्रोपारका शेयरधनीले ५.९४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.८८, कालिका लघुवित्त वित्तीय संस्था ५.४७, तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ४.९५ प्रतिशतले गुमाए।





















प्रतिक्रिया