Logo

कर्पोरेट फोकस

पोखरमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुला



कोरोना भाइरसका कारण विगत ८ महिनादेखि बन्द भएको पोखराको पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय क्षेत्रीय म्युजियम खुला गरिएसंँगै पर्यटक आगमन सुरु भएको छ ।

मंगलबारदेखि खुला गरिएको उक्त म्युजियममा पर्यटक आगमन सुरु भएको संग्रहालयका निर्देशक शंकर गौतमले बताए । उनका अनुसार ८ महिना बन्द भएर खुलेको पहिलो दिनमै मंगलबार ४० जना, दोस्रो दिनमा ६५ जना पर्यटक म्युजियम आएको र बिहीबार पनि बिहानदेखि आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोनाका कारण पर्यटक आगमन नभएसँंगै पर्यटक शुल्कबाट संकलन हुने रकमसमेत ८ महिना प्रभावित भएकाले जुन अवस्थामा पनि आफूहरू भौतिक संरचनामा जुटेको निर्देशक गौतमले बताए । 

उक्त म्युजियम प्रवेश गर्नका लागि तेस्रो मुलुकका पर्यटकलाई जनही ५ सय, सार्क मुलुकका पर्यटकलाई २ सय ५०, नेपाली पर्यटकलाई एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए । यदि गार्डेन मात्र अवलोकन गर्न चाहेमा जनही ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आफूहरूले ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा म्युजियम प्रवेश गराउने गरेको उनले बताए । 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।