पूर्वमन्त्री एवं नेकपा नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण अहिले मशानघाटमा पुगेको राजतन्त्र जुर्मुराउन थालेको बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्दै नेता बिष्टले नेताहरुको उन्मादका कारण विवाद सिर्जना भएको बताए।
सत्ता सञ्चालनमा ढंग नपुग्दा राजतन्त्रवादी सल्बलाउन थालेको उनेका भनाइ थियो। ‘दलभित्रको खिचातानीबाट फाइदा उठाउन धमिलो पानीमा माछा मार्ने शक्ति सल्बलाएका छन्,’ नेता विष्टले भने, ‘देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण यो अवस्था आएको हो।’ उनले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्माद बिरुद्ध जन्ता उत्रिन आव्हान समेत गरे ।
कार्यक्रममा प्रदेश सासद तथा नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले नेकपाको सरकारले आज देशभरका ३ सय ९६ वटै स्थानीय तहमा अस्पताल शिलान्यास गर्नु विकट गाउँका जनताका लागि आजको दिन उत्सवमय भएको बताए ।
प्रतिक्रिया