Logo

प्रमुख समाचार

ओलीप्रति गगनले दिए यस्तो प्रतिक्रिया : औंशी पूर्णिमा लाग्नेहरु यसरी बर्बराउँछन्



नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचप्रति नै अचम्म लागिरेहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गरेका कामको प्रगतिले संघीयता मास्न खोजेको आरोप समेत लगाए ।

ओलीले सोमबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा काँग्रेसमाथि लोकतन्त्र मास्न खोजेको आरोप लगाएपछिको प्रतिक्रियामा गगन थापाले ‘औंशी पूर्णिमा लाग्नेहरु यसरी नै बर्बराउँछन्’ भनेका छन्

उनले भने, प्रधानमन्त्री ओली अहिलेको परिस्थितिसंग भाग्न खोज्दै हुनुहुन्छ । एउटा राजनीतिक दललाई प्रतिबन्ध लगाउनु हुन्छ । राष्ट्र विखण्डन गर्न खोज्ने शक्तिसंग सम्झौता गर्नुहुन्छ । राजसंस्थाको एजेन्डा बोक्नेहरुसंग वार्ता गर्नुहुन्छ अनि प्रमुख प्रतिपक्षीलाई बोल्ने हैसियत पनि दिन खोज्नुहुन्न ।’

उनले भने, ‘२००७ सालको आन्दोलनमा राणासंग मिल्ने, २०३६ सालमा निर्दललाई भोट हाल्ने र २०४६ सालमा दुई पक्ष भएर सघाउने र आक्रमण गर्ने गर्यो त्यो शक्तिलाई के भन्ने ?’ ओलीले काँग्रेस पूर्वराजासंग मिलिरहेको भन्ने आरोप लगाएपछि गगन थापाको यस्तो आक्रोशपूर्ण प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार ०२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।