Logo

अन्तर्राष्ट्रिय

सरकारले गर्यो आकस्मिक कार्बाही, १९ जना मारिए !



अचानक भएको सरकारी काबाहीमा १९ जना मारिएका छन् । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाई कारबाहीमा तालिबानका जिल्ला प्रमुख मावलवी बिसमिल्लाहसहित १९ लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीका परी अन्य चार तालिबान लडाकू घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । आब कमारी जिल्लामा अफगान सुरक्षाबलले तालिबान लडाकूविरुद्ध बारम्बार कारबाही गर्दै आएका बताइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको कुन टिप्पणी गरेका छैनन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १६:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।