Logo

मधेश प्रदेश

देशमा राजतन्त्र फर्काउने सपना कसैको पनि पूरा हुँदैन: अध्यक्ष साह



नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन् ।

पार्टी कार्यक्रमका लागि लाहान पुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए । उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।