Logo

प्रमुख समाचार

केपी ओलीले संसदमा तत्काल माफी माग्नुपर्छ : प्रदीप पौडेल



प्रमुख प्रतिपक्षमा रहेका दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा माफी माग्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा बोलेको आपत्तिजनक भएको ठहर गर्दै सभामुखले संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुले प्रधानमन्त्रीले संसदमा मर्यादा उलङ्न गरेको पुष्टि भएको भन्दै पौडेलले संसदसमक्ष माफी माग्नुपर्ने बताएका हुन् ।

शनिबार नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीको कास्कीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सभामुखले रेकर्डबाट हटाउनु भनेकै प्रधानमन्त्रीको गल्ती भएको पुष्टि हुनु हो । अब प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ ।’

प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले मनपरी बोल्दै हिँड्ने छुट नभएको तर्क गर्दै पौडेलले संसदमा उपस्थित भएर प्रधानमन्त्रीले गल्ती स्वीकार्दै माफी माग्नुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दललाई पेलेर जाने नीति लिइरहे आफैं नांगिएर जाने पनि बताए ।
सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै पहल नलिएको दाबी गर्दै पौडेलले बरु एक पछि अर्को गर्दै ओली सरकार भ्रष्टाचार काण्डमा फसेको पौडेलले आरोप लगाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ००:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।