सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँको धुलो उस्तै, विधासुन्दर भने ब्रुमर थप्दै
काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागी भन्दै ब्रुमर ल्याएर काठमाडौ महानगरपलिकाले निकै तामझामका साथ काम सुरु गर्यो । मिडिया माइलेज पनि राम्रै पायो । अहिले ति कति विग्रिएका छन् कोहि कता छन् कतिले काम गर्दै छन् पत्तो छैन किनकी काठमाडौको धुलो देख्ने हो जनताले जुन जस्ताको तस्तै नै छ ।
यसैबीच महानगरले थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ ।
महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँचवटा ब्रुमर खरिद गरेको थियो । अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ ।
यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कुल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।




















प्रतिक्रिया