Logo

ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकसंग गाभिने



एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति गरेको छ । एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ। ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ।

गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६.३९ प्रतिशत हुनेछ भने एनएमबी बैंकको ८३.६० प्रतिशत कायम हुनेछ। हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड९ एफएमओको रहेको छ। ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्नेछ। यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने छ।

हाल एनएमबी बैंकको शाखा कार्यालय ११० वटा र ओमको ५३ वटा रहेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।