Logo

प्रमुख समाचार

त्रिशुलीमा ठुलो दुर्घटना, पाँच जनाको मृत्यु, २९ जना घाइते



तिन नम्बर प्रदेश अन्र्तगत धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यलय धादिङगले जनाएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ।

भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो। दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।