भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट लगायत आठ देशको सहभागिता रहने भएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालका लागि सपथ लिँदैछन् ।
बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्टहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने बोलाईको छैन्।
यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुने जनाइएको छ । त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ । यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए ।
तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन् । पाकिस्तान सार्क सदस्य राष्ट भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।
यसअघि साकै मुलुकका प्रमुखहरुलाई निमन्त्रणा दिने परम्परालाई भारतले यसपटक तोडेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।
पाकिस्तानलाई किन सम्झिएन भारतले ?

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले भारी मतले जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए ।
प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्टहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेपछि यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।
पछिल्ला वर्ष दुई देशबीच देखिएको तनावका कारण भारतले पाकिस्तानलाई महत्व नदिएको विश्लेषण गर्ने गरिएता पनि दक्षिण एसियामा सार्क संगठन र यसको महत्वलाई फिक्का बनाउने रणनीति लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले जारी गरेको घोषणापत्रमै देखिएको थियो । सो घोषणापत्रमा बिमस्टेकलाई बढी महत्व दिइएको छ भने सार्क संगठनको नामै लिइएको छैन ।
त्यसैले त्यसको असर प्रधानमन्त्रीको सपथ समारोहमा समेत देखिएको छ । भारतको यो कदमले पाकिस्तानी प्रधानमन्त्री खानले सुरुमै देखाएको कुटनीतिक मर्यादालाई समेत लत्याएको विश्लेषण गर्न थालिएको छ ।
लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३०३ सिट प्राप्त गरेको छ । विजयी भएलगत्तै शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए ।
यो पटक को-को सहभागी हुँदैनन् ?
यो पटकको सपथ समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री मोदीको सपथ समारोहमा उपस्थित हुन नसक्ने भएकी छन् । उनी त्यही समयमा तीन देशको भ्रमणमा निस्किदैछिन् ।
उनी जापान, साउदी अरब र फिनल्यान्डको भ्रमणमा जाँदैछिन् । त्यस्तै बेला बेला तनाव देखिएपनि भारतसँग जोडिएको नजिकको छिमेकी पाकिस्तान पनि योपटकको सपथ समारोहमा सहभागी नहुने भएको छ । भारतले औपचारिक निमन्त्रणा नदिएपछि पाकिस्तान सहभागी नहुने भएको हो ।
यो पनि पढ्नुहोस्
चुनाव सकिए लगतै प्रधानमन्त्री मोदीलाई आयो इमरान खानको फोन, के-के भयो कुराकानी ?

लोक सभाको चुनाव सकिएलगतै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी देश पाकिस्तानका प्रधामन्त्री इमरान खानबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।
गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।
फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी ‘भाजपा’ र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए।”
दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताए । पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।
“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।
पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।
जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।
मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन् ।
यो पनि पढ्नुहोस्
बिहारका लालु प्रसाद यादबले पार्टीले हारेपछि खाना खान छाडे

गतसाता सम्पन्न भारतीय लोकसभा चुनावको अन्तिम मत परिणाममा पार्टीले हारेपछि राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव तनावमा छन्।उनी कतिसम्म तनावमा छन् भने नतिजापछि राम्रोसंग सुत्न त नसकेको मात्र होइन, त्यस दिनदेखि खाना खान पनि छाडेका छन्। चिकित्सकहरुको भनाईमा चिन्ताका कारण उनले खाना खान नसकेका हुन्।
बिहारका पूूर्ब मुख्यमन्त्री लालु चारा घोटालामा जेलमा छन्। लोकसभा चुनावमा बिहारमा काँग्रेसलगायतका दलहरुसंग गठबन्धन गरे पनि एक सिटमा पनि सफलता हासिल गर्न सकेन।
यो पनि पढ्नुहोस्
राहुल गान्धी भन्छन् ‘कंग्रेस नेताहरुले छोराको हितलाई प्राथमिकता दिंदा समस्या आयो’

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीका वरिष्ठ नेताहरुले पार्टी हितभन्दा आफू र आफ्नो नजिककाहरुको हितलाई प्राथमिकता दिंदा समस्या आएको बताएका छन्।
कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरुलाई पार्टीको हित भन्दा पनि माथि राखेको भन्दै गान्धीले असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।
कंग्रेस नेता ज्योतिरादित्य सिंधियाले कांग्रेसमा स्थानीय स्तरमा सक्रिय र बलियो नेताको खाँचो रहेको बताएपछि राहुलले यस्तो प्रतिक्रिया दिएका हुन्।राजस्थान र मध्यप्रदेश जस्ता पार्टीको सरकार रहेको राज्यमा पनि लोकसभा चुनावमा कंग्रेस पराजित हुनुको कारण स्थानीय नेताहरुको कमजोरी रहेको राहुलको भनाई छ।
मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतका छोरालाई टिकट दिन नहुनेमा आफू स्पष्ट भए पनि उनीहरुका बाबुको दबाबका कारण बाध्य भएको राहुलले स्पष्टिकरण दिएका छन्।




















प्रतिक्रिया