Logo

मधेश प्रदेश

भन्सार छली ल्याउँदै गरेको कपडा बरामद



बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१० गम्हरगामा टोलमा भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब ५ लाख रुपैयाँ बराबरको कपडा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.११ प ७७३२ र बीआर २२ एफ ८१८१ नम्बरको मोटरसाइकल छाडी अपरिचित व्यक्तिहरु फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रमक बराबरको कपडा फेला पारी प्रहरीले बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।