Logo

मधेश प्रदेश

बारामा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गर्ने १ जना पक्राउ



बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहले उक्त उपमहानगरपालिकाको छाप र सरिस किर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका-१६ स्थित बालगंगा खोलामा कर सङ्कल गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

साह उपर जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।