बारा जिल्ला स्थित निजगढ नगरपालिका-१२ लालटोलस्थित करिब ३ बिगहा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।
उक्त वडाको विभिन्न स्थानमा मकै खेतीभित्र अवैध गाँजा खेती गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सो अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो । साथै बाँकी रहेको गाँजा खेती नष्ट गरिने अभियान समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





















प्रतिक्रिया