Logo

प्रमुख समाचार

आज देशका अधिकाश भागमा पानी पर्ने, भोलि र पर्सि के छ मौसम ? थाहापाउनुहोस् !



देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले शुक्रबार बिहान एक सुचना जारी गर्दै आज, भोली र पर्सी देशको खासगरी पूर्वी क्षेत्रमा मौसम बदली सहित वर्षा हुने अनुमान गरेको छ । यसैबिच, महाशाखाले प्रदेश १ को चुरे तथा पहाडी क्षेत्रका स-साना नदीहरुमा बहाब बढ्न सक्ने हुंदा तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिन देशका ठुला तथा मझौला नदीहरुमा भने कुनै ठुलो बहाबको संभावना देखिदैन विभागले उक्त सुचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ०२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।