उदयपुरको बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पज्ञकार पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका सदस्य समेत रहेका पत्रकार देबराज राई सहित ३ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख, प्रहरी निरक्षिक गँगा पौडेलले क्याम्पसमै गएर विद्यार्थीलाई हातपात गरेको निहुँमा ३ जनालाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी निरक्षिक पौडेलका अनुसार पक्राउ पर्नेमा राई सहित चित्रकुमार कार्की र रमिला बस्नेत समेत छन् ।
राई त्रियुगा एक्सप्रेस दैनिक र उदयपुरको गाइघाट स्थित उपहार एफएममा कार्यरत छन् । पक्राउ परेका सबैलाई भोलि मुद्धा दायर गरिने प्रहरी निरीक्षक पौडेलले बताए । उनले भने ‘ विद्यार्थीले जाहेरी दिएका छन्, भोलि सरकारी वकिलसाग कुन किसिमको मुद्धा दायर गर्ने भन्ने सल्लाह गरेर मुद्धा चलाउछौं ।’
यो पनि
गुठिले खाने भो संचारमन्त्री गोकुल बास्कोटाको जागिर !
हरेक कुरामा तिखो अभिव्यक्ति दिँदै हिड्ने नेपाल सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधीमन्त्री गोकुल प्रसाद बास्कोटा आफ्नै बोलीका कारण फस्ने सम्भावना देखिएको छ ।
सरकारले ल्याएको गुठि सम्बन्धी विद्येयकका विषयमा सामन्तहरुको विरोध भनेर अभिव्यीक्त दिएका वास्कोटालाई आफ्नो त्यहि बोली महंगो पर्ने खतरा देखिएको छ । सरकारले ल्याएको गुठि विद्येयकको विषयमा ठुलो संख्यामा नागरिकहरु आन्दोलीत भइरहँदा होच्याउँने किसीमले बोलेका मन्त्री बास्कोटालाई त्यहि बोलीका कारण पद धरापमा परेको हो ।
सत्तारुढ दलकै सांसद रामवीर मानन्धरले मन्त्री बास्कोटाको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै राजिनामा मागेका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै मानन्धरले राजीनामा माग गरेका हुन्।
मन्त्री बाँस्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए । उनले भने ‘मन्त्रीहरुको दिनगन्ती सुरु हुन्छ। याद गर्नुहोस्। गणतन्त्रको पनि दिनगन्ति सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ।’
सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए। उनले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे। उनले २ सय ४० वर्षे राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए।
उनले भने ‘मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ। सुन्नुपर्छ। फेबदल गरेर कसैको इज्जत र जात जादैन । जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस्। केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि। किनभने २ सय ४० वर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन्। नेपाली जनता हुन्। त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला। यदि यो विधेयकबारे २ गते प्रधानमन्त्रीले केही बोलेनन् भने ४ गते हेर्नुहोला। फेरी पनि मैले दोहोर्याएर भने ४ गते पर्खेर बस्नोस्। ४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुनेछैन।’
सँगसँगै राजसंस्थाविरुद्ध लडेर आएकाहरुमाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश पोखे। उनले भने ‘आफ्नो औकात नबिर्सनुहोला, काठमाडौंमा कसरी बस्नुभएको थियो ? के गर्नुभएको थियो ? के खानुभएको थियो ? कुन घरमा सुत्नुभएको थियो ? कसरी संरक्षण थियो ? त्यो ख्याल गर्नुहोला।
यता संचारमन्त्री बास्कोटाले भने गुठी विद्येयकमा अनावश्यक आगो झोस्न खोजिएको आरोप लगाएका छन् आज गृह जिल्ला काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भने, ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।’
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए ।
उनले सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमीनमा हरेक जनातको पहुँच पुर्याइने धारणा राखे ।उनले भने, ‘संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने रु’
मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमीन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गरे ।
‘आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न’, उनले भने । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उनको भनाइ थियो । उनले भने, ‘विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।’
मन्त्री बाँस्कोटाले जनालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताए । ‘जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ’, उनले भने ।
उनले तार जोड्न, टेलिफोन, ऋण झिक्न, खानेपानी जोड्न नक्सापास नभएकालाई सेवा नदिने सरकारी नीतिअनुसार नागरिकलाई सधैँ तनावमा राख्ने नहुने बताए । उनले भने, ‘हजुरबाउले, कुप्राबाउले सधैँ तनावै तनाव व्यहोर्दै आए, अब हामी छोराछोरी, नातिनातिनी, पनाती पनातिनीलाई तनावमा पुर्याउनुहुन्न ।’
मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरु विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गरे । ‘न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्’, उनले भने ।उनले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गरे । ‘देशभरि झण्डै पाँच हजार सङ्ख्यामा गुठी रहेको रेकर्ड छ ।
काठमाडौमा मोटरसाइकल चलाउँनुहन्छ रु यति कुरा बुझेकै राम्रो !
काठमाडौमा मोटरसाइकल चलाएर यात्रा गर्नु हुन्छ ? मोटसाइकलका विषयमा सरकारले केहि नयाँ योजना बनाउँदै छ । अत्यधिक सवारी जाम र दुर्घनटा बढे पछि सो कुराको न्युनिकरणका लागी सरकारले एउटा उपाय सुझाएको छ ।ब ढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले काठमाडौंको मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ ।
सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।
यही क्रममा जापानी सहयोग नियोग (जाइका)को सुझावअनुसार चोकमा मोटरसाइकल बक्सको परीक्षण गर्न लागिएको विभागका ट्राफिक इकाइका प्रमुख दीप बाराहीले जानकारी दिए ।
यसअनुसार बानेश्वर चोकमा यो परीक्षणले सकारात्मक नतिजा दिए अन्य मुख्य चोकहरुमा यस्तो बक्स बनाएर नियम लागू गर्ने सरकारको योजना छ । सडक विभागले नयाँ बानेश्वरमा यस्तो बक्स बनाउन काम थालिसकेकको छ ।
यसअनुसार मुख्य चोकको अघिल्लो भागमा बक्स निर्माण गर्नेछ । यस्तो बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन् । हाल चोकको नजिकै आएर बस्ने जाममा मोटरसाइकलहरु जथाभावी बीचमा छिर्ने गरेका छन् । जसका कारण जाममा फसेका अन्य साना सवारीलाई समस्या पर्ने गरेको छ ।
यसैलाई ध्यानमा राखे मुख्य चोकमा मोटरसाइकल बस्ने छुट्टै बक्स निर्माण गर्न लागिएको हो । मोटरसाइकल अघि बक्समा आएर बस्दा जाम खुल्नासाथै छिट्टै अघि गइहाल्ने र पछि रहेका साना सवारीलाई पनि सजिलो हुने तर्क विभागको छ ।
विभागले हाल पीआर विनायक जेभीलाई काठमाडौंमा सकडमा सिग्नलहरु पेन्ट गर्न ठेक्का दिएको छ । विभागले ९ हजार ९ सय वर्गा मिटरमा रोडका थर्मो प्लाप्टिक सिग्नलहरु पेन्ट गर्ने बाराहीले बताए ।यस्तै ७ सय मिटर रेलिङ र ४५ सय वर्गमिटरको फुटपाथसँगैको विभिन्न भागमा इनामेल पेन्ट गरिनेछ । काठमाडौंमा मुख्य सडक खण्ड र चोकहरुमा यो काम गरिने बताइएको छ ।




















प्रतिक्रिया