“द हिमालयन टाईगर्स” र एएसिसि ग्लोबलको समन्वयनमा यही आँउदो ०७ जुलाई २०१९ मा फुट्सल र भलिबल प्रतियोगिता अष्ट्रेलियाको मेल्बोर्नमा आयोजना हुने भएको छ ।“द हिमालयन टाईगर्स”ले आयोजन गर्न लागेको प्रतियोगितामा एएसिसिले गोल्ड स्पोन्सर गर्ने छ भने सपोटर्समा वल्ड दरबार ,बेटर च्वाईस, सारथी एकाउन्टेन्ट र सिटी अफ डेरबिन रहने छन् ।
“द हिमालयन टाईगर्स”ले पहिलो पटक आयोजन गर्न लागेको फुट्सल र भलिबल प्रतियोगितामा २ वटा खेल एकै पटक आयोजन गर्न लागिएको हो। बिभीन्न कठिनका बाबजुद पनि सबै साथी भाईहरु अनि बिभिन्न संघ संस्था र क्लबहरुको सहयोगमा यस प्रतियिगितालाई सरल र सहज रुपमा सफल पार्ने यस क्लब का अध्यक्ष सन्तोष पाण्डेले जनाकारी दिएका छन् ।
फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ आइतबारको दिन बिहान ठिक ९ बजे देखी साँझ ५ बजे सम्म ८५७ प्लेन्टी रोड रिजर्भोरमा आयोजन हुने भएको छ । फुट्सल खेलमा बिजय टिमले नगद ज्ञ हजार डलर पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र जित्ने छन्। यसै गरी भलिबल खेलमा बिजय हुने टिम ले नगद ५०० डलर सहित ट्रफी, मेडल र प्रमाणपत्र जित्ने छन् भने बिभिन्न बिधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक तथा क्लबका अधक्ष्य सन्तोष पाण्डेले बताए।
भलिबलमा पनि बिजेतालाई नगद पुरस्कार दिने हुँदा पहिलाको प्रतियोगिताहरुमा भन्दा अहिलेको यो प्रतियोगितामा धेरै भलिबल टिम हुने क्लबले आशा राखेको छ । यस्तै गरी फुट्सलमा पनि १५ र १६ टिमले सहभागिता जनाउने अपेक्षा क्लबको रहेको छ ।
यो प्रतियोगिताको लागि “ द हिमालयन टाईगर्सले” आफ्नो २ भलिबल टिम तयारी अवस्थामा रहेको भलिबल स्पोर्ट कोर्डिनेटर सुन्दर थापा र किशोर मगरले जानकारी दिएका छन् ।
फुट्सलमा पनि आयोजकद्वारा २ टिमले सहभागिता जनाउने पक्का भएको र अर्को २ टिमलाई पनि सहभागिता गराउने कि नगराउने भन्ने बिषयमा फुट्सल कोर्डिनेटर बिमल गुरुङ र प्रतिक गुरुङका साथै फुटबल टिम क्याप्टेन किशोर मगर बिच छलफल चलिरहेको“ द हिमालयन टाईगर्स” क्लबका अध्यक्ष सन्तोष पाण्डेले जानकारी दिए ।
अन्त्यमा मेल्बोर्नमा रहनु भएको सम्पुर्ण संघ संस्था क्लबसँग सहयोगको अपेक्षा राख्दै खेलाडीहरुलाई हौसला दिनको लागि मेल्बोर्नमा रहनु भएको सम्पूर्ण नेपालीवासी खेल प्रेमी बाबा आमा, दाजुभाई, दिदीबहिनीहरुलाई जुलाई ७ मा उपस्थित हुनको लागि क्लब “द हिमालयन टाइगर्स “ बिशेष अनुरोध गर्दछ ।
















प्रतिक्रिया