Logo

समाचार

ग्लोबल आईएमई र जनता बैंक मर्ज हुने



ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा गाभिने भएका छन्।

नेपाल राष्ट्र बैंकले ठूला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै मर्जरमा जाने सहमति गर्ने यो पहिलो जोडी हो। दुवै बैंकले मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ। पूँजी वृद्धि निर्णयपछि मर्जरमा जाने ग्लोबल र जनता बैंक नै पहिलो जोडी पनि भएका छन्।

डीडीए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय हुने पनि सहमति भएको छ। मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई रहने छ। प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन्।

हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ। यस्तै, ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।