पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया