Logo

प्रमुख समाचार

सत्ता जोगाउन कम्युनिस्ट सरकार भारतसामु झुक्यो : तरुण दल



नेपाली कांग्रेस निकटको नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट कम्युनिस्ट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ ।तरुण दलले आइतबार विज्ञप्तिमार्फत सत्ता जोगाउन भारतसामु कम्यनिस्ट सरकार झुकेको आरोप लगाएको हो ।

सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षणविना नेपाल भित्र्याउने निर्णय गरेर जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलबाड गरेको तरुण दलको आरोप छ ।

‘सरकारका यस्ता प्रकारका हचुवामा गरिएका जनविरोधी अपरिपक्व र बलहठबाठ भएका निर्णयहरूबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एंव लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ’, तरुण दलले भनेको छ ।

जनताको अधिकार र लामो राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धिमाथि नै प्रहार हुने यो निर्णय नसच्चिने हो भने जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी तरुण दलले दिएको छ ।नेपाल तरुण दलले त्यसबाट हुन जाने परिणामको जिम्मा सरकार नै लिनुपर्ने बताएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।