Logo

सिद्धार्थ बैंकद्धारा एनएमएलाई १ लाख सहयोग



सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड इडिकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो । 
बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी निर्देशक (सिइओ) कुलप्रसाद राईलाई सो रकम हस्तान्तरण गरिन् । 
बैंकले सामाजिक उत्तरदायीत्व वहन (सीएसआर) अन्तरगत उक्त रकम एशोसिएसनलाई उपलब्ध गराएको जनाएको छ । 

सहयोग रकम ग्रहण गर्दै एशोसिएसनका सिइओ राईले सो रकम पर्वातारोहणका क्रममा दुर्घनामा परेका, प्रभावित परिवार लगायत पर्वातारोहणको क्षेत्रमा काम गर्ने मजदुरहरुको शिक्षा, स्वास्थ्य लगात व्यक्तिको वृद्धि विकासमा खर्च गरिने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।