Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको नेताबाट कृष्ण सिटौला हटाइए, कमलादेवी मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ ।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको कांग्रेसले जनाएको छ ।

यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला थिए ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १३:०२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।